पुटिनले भने, ‘युक्रेनमाथिको हमला योजनाअनुसार नै हो’
सिन्ह्वा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बिहीबार बताएका छन् । उनले भनेका छन्– युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ ।
रुसको सुरक्षा परिषद्को एक बैठकमा उनले बिहीबार सो धारणा राखेका छन् । उनले हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्था्त सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ– उनले भनेका छन् । उनले रुसले युक्रेनमाथि गरेको हमलामा रुसी सेनाले साहसपूर्वक काम गरेको पनि बताए ।
उनले भने, ‘रुसी सेनाले ठूलो काम गरेको छ, निकै साहसी काम गरेको छ, हामी त्यसैले सफल भएका छौँ ।’
रुसको सीमा क्षेत्रमा पश्चिमाहरूबाट खतरा देखिएको तथा रुसलाई पनि आणविक खतरा देखाइएको भन्दै यसका कारण रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको उनको भनाइ छ ।
रुसले गत हप्तादेखि नै युक्रेनमा हमला जारी राखेको छ । बिहीबार रातिसम्म पनि राजधानी युक्रेन र अन्य कतिपय सहरहरुमा रुसी सेनाले हमला जारी नै राखेको बताइएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया