एक भारतीय चरेशसहित पक्राउ
महेन्द्रनगर । कञ्चनपुर प्रहरीले शुक्रबार दिउँसो महेन्द्रनगर बजार क्षेत्रबाट दुई किलो ८०० ग्राम चरेशसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बजार क्षेत्रमा कवाड सङ्कलन गर्दै आएका भारतको बिहारका राधेश्याम जैसवाललाई चरेशसहित नियन्त्रण लिएको बताए ।
“कवाड सङ्कलन गरेको ठाउँबाट हामीले उक्त परिमाणको चरेश बरामद गरेका हौँ”, उनले भने, “विस्तृतमा प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान गर्दैछ ।” विगत एक दशकयता महेन्द्रनगरमा कवाड सङ्कलन गर्दै आएका जैसवालले कवाडी राखेको बोराबाट चरेश बरामद भएको प्रहरीले जनाएको छ ।
“कवाड सङ्कलनस्थलमा अहिले प्रहरीले घटनास्थल मुचुल्का सङ्कलन गरिरहेको छ”, बमले भने, “चरेश कसले कहाँबाट ल्यायो भन्ने विषयमा सघन अनुसन्धान हुन्छ ।”
पछिल्लो केही वर्षयता लागूऔषध नियन्त्रणका लागि सक्रियरूपमा खटिएको कञ्चनपुर प्रहरीले यहाँ दिनहुँजसो लागुऔषध चरेश, ब्राउनसुगरसहित अभियुक्त पक्राउ गरिरहेको जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया