क्रिकेटर शेन वार्नको निधन, जो थिए सन्दीपका आइडल
काठमाडौं । अष्ट्रेलियन लिजेण्ड क्रिकेटर शेन वार्नको निधन भएको छ । उनले आज हृदयघातका कारण निधन भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।
वार्नको ५२ वर्षको उमेरमा थाइल्याण्डमा निधन भएको हो । उनले १५ वर्षसम्म अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीबाट खेलेका थिए ।
वार्नले आफ्नो खेल जीवनभर टेष्ट क्रिकेटमा ७०८ विकेट लिएका थिए । टेष्ट क्रिकेटमा धेरै विकेट लिने खेलाडीमध्ये उनी दोस्रो नम्बरमा थिए ।
सन् २००७ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका वार्नले अष्ट्रेलियाका लागि १९९९ मा एकदिवसीय विश्वकपको उपाधि जितेका थिए ।

वार्न नेपाली कप्तान सन्दीप लामिछानेका आइडल हुन् । आफू वार्नको क्रिकेटबाट प्रभावित भएर बलर भएको उनी बताउने गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया