भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला’ कात्तिक २४ देखि
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवद्र्धन मेला’ हुने भएको छ ।
नेपालमा उत्पादित जुत्ताचप्पललाई प्रवद्र्धन गर्नका लागि फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा कात्तिक २४ देखि आगामी पुस २ गतेसम्म मेला आयोजना हुन लागेको हो । मेलाका संयोजक एवं एशोसिएशनका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले जाडो मौसमलाई लक्षित गरी आयोजना सुरु गर्न लागिएको जानकारी दिए । मेलामा जुत्ता चप्पल खरिद गर्दा १५ देखि ५० प्रतिशतसम्म सहुलियतको व्यवस्था गरिएको उनको भनाइ छ ।
तीन हजारभन्दा बढी मोडलका जुत्ता चप्पल एकैठाउँमा उपलब्ध गराइने भएकाले ग्राहकलाई जुत्ताचप्पल खरिद गर्न सहज हुने मेलाका सहसंयोजक जीवन श्रेष्ठले बताए । मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
मेलामा नेपालमा उत्पादित बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, भिएनएस, स्टाइल सुजलगायत प्रदर्शनीमा राखिने छन् । उक्त मेलामा एक सय रूपैयाँको चप्पलदेखि १० हजारको जुत्तासम्म राखिने संयोजक उपाध्यायले बताए ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया