अब आर्थिक क्रान्तिको सुरूवात गोरखाबाट हुनेछ : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड)ले आर्थिक क्रान्तिको शुरूवात गोरखाबाट हुने बताएका छन् ।
‘तपाईंहरूले विजयी गराएर पठाएमा गोरखा जिल्लाको विकास निर्माणमा लाग्नेछु’, उनले भने, ‘गोरखाबाट आर्थिक विकासको नमूना प्रस्तुत गर्नेछु ।’
बिहीबार भच्चेकमा भएको कोणसभामा बोल्दै उनले आफूले ५ वर्षभित्र गोरखाका कच्ची सडक कालोपत्र गर्ने प्रतिवद्धता जनाए । संविधान नमान्ने प्रतिगमनलाई परास्त गर्न सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन उनले आग्रह गरे ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया