कोरोना बीमा भुक्तानीमा फेरि लफडा
काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणको निर्देशनअनुसार बीमा कम्पनीहरूले कोरोना बीमाको रकम दिन आनाकानी गरेका छन् । कम्पनीहरूले पैसा नदिँदा बीमा रकम भुक्तानीमा ढिलाइ भएको हो । निर्जीवन बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकहरूको संस्था निर्जीवन बीमा व्यवसायी संघले थप रकम भुक्तानी दिन नसकिने निर्णय गरेको हो । संघको यही निर्णयका कारण बहुसंख्यक कम्पनीले प्राधिकरणको निर्देशनअनुसार रकम दिन आनाकानी गरेको स्रोतको दाबी छ ।
कोरोना बीमा मापदण्डअनुसार बीमा कम्पनीले तिर्नुपर्ने दायित्व यसअघि नै भुक्तानी गरिसकेकाले फेरि भुक्तानी गर भन्नु कानूनसम्मत नभएकाले यसबारेमा सम्बन्धित निकायसँग छलफल गर्ने निर्णय भएको संघका अध्यक्ष राजेन्द्र मल्लले बताए ।
‘कोरोना बीमा मापदण्डअनुसार ३ अर्ब ५० करोड रूपैयाँभन्दा बढी सबै भुक्तानी दायित्व सरकारको हो । मापदण्डअनुसार कम्पनीले तिर्नुपर्नेभन्दा बढी रकम यसअघि नै तिरिसकेका छन्,’ उनले भने, ‘अहिले कम्पनीलाई यति ठूलो रकम तिर भन्नु कानूनसम्मत भएन ।’
रकम तिर्नेबारे अर्थ मन्त्रालय र बीमा प्राधिकरणले आफूहरूसँग छलफल नगरेको र प्रमुख कार्यकारी अधिकृतहरूको संस्था बीमक संघबाट जानकारी पाएको पनि उनले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया