स्टार खेलाडीले भरिएको पिएसजी जारी फ्रेन्च लिगमा कतिपटक हारिसक्यो ?
काठमाडौं । युरोपमा मात्र नभएर विश्वभरीकै सबैभन्दा स्टार खेलाडी भएको फुटबल क्लबमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) हो ।
त्यहाँ लियोनल मेसी, नेइमार, केलियन एम्बापे, सर्जियो रामोस, एंगेल डि मारिया, जियानलुइजी डाेनारुमा, अचरफ हाकिमीलगायत डेढ दर्जनभन्दा धेरै सुपरस्टार र स्टार खेलाडी पिएसजीमा छन् ।
तर, पिएजीले सोचेजस्तो प्रदर्शन भने गर्न सकेको छैन । पिएसजी फ्रेन्च कपको अन्तिम १६ बाटै बाहिरिसकेको छ । च्याम्पियन्स लिगमा पनि समूह चरणमा दोस्रोमात्र भएर अन्तिम १६ मा पुगेको छ ।
यस्तै, फ्रेन्च लिग वानमा पनि गएराति पिएसजीले अर्को पराजय भोगेको छ ।
पिएसजीलाई निसले १–० गोल अन्तरले हराएको हो । निसको जितमा एन्डी डिलोर्टले निर्णायक गोल गरे ।
जारी लिगमा २७ खेल खेलेको पिएसजीको यो तेस्रो हार हो । यसअघि पिएसजी नान्टेस र रेनेससँग पराजित भएको थियो ।
यस्तै जारी लिगमा पिएसजीले पाँचपटक बराबरी खेलिसकेको छ ।
गएरातिको हारका बाबजुद पिएसजी लिगमा ६२ अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया