NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

झिनो अंकले घट्यो नेप्से, २ अर्ब ४९ करोडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.६६ अंकले घटेर २५४३.३९ विन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३१ अंकले बढेर ४९०.१३ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ ।

कूल २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७३ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहबाहेक सबैको शेयर मूल्य ओरालो लागेको छ ।