झिनो अंकले घट्यो नेप्से, २ अर्ब ४९ करोडको कारोबार
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.६६ अंकले घटेर २५४३.३९ विन्दुमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३१ अंकले बढेर ४९०.१३ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ ।
कूल २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७३ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहबाहेक सबैको शेयर मूल्य ओरालो लागेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया