नाइजेरियाली सुरक्षा कारबाहीमा ५० हतियारधारी मारिए
नाइजेरिया । नाइजेरियाको सेनाले यहाँका विभिन्न राज्यमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ५० जना हतियारधारी विद्रोही मारिएको जनाइएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका उत्तरी क्षेत्रमा बोको हराम तथा कतिपय क्षेत्रमा इस्लामिक स्टेट्ससँग सम्बन्ध रहेका स्थानीय आतङ्ककारी समूहहरुको हात रहेको छ ।
गएका दुइ हप्तायता नाइजेरियाको सेनाको नेतृत्वमा यहाँका सबै सुरक्षा निकायले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारीरु मारिएको यहाँको सेनाले बिहीबार जानकारी दिएको छ ।
यसरी मारिनेमा इस्लामिक स्टेट्स वेस्ट अफ्रिका प्रोभिन्स ९आइएसडब्ल्युएआर० र बोको हरामका लडाकू रहेका पनि जानकारी दिइएको छ ।
यहाँको बोर्नो राज्यमा यही नोभेम्बर ४ र ५ मा गरिएको हवाई कारबाहीका क्रममा परेर बोको हरामका दुई जना कमाण्डर मारिएका छन् । उनीहरुका नेतृत्वमा सो राज्यका विभिन्न क्षेत्रमा सर्वसाधारण तथा सुरक्षाकर्मीहरुको हत्या गर्ने तथा अन्य हिंसात्मक कार्यहरु गर्ने गरेको सूचनाका आधारमा गरिएको कारबाहीमा ती लडाकू कमाण्डर मारिएका बताइएको छ ।
यस कारबाहीका क्रममा अपहरणमा परेका सर्वसाधारणहरुलाई पनि अपहरणमुक्त गरिएको जनाइएको छ । साथै बोको हराम र अरु स्थानीय आतंककारी समूहका कैयौँ सदस्यले आत्मसमर्पण पनि गरेका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया