नाइजेरियाली सुरक्षा कारबाहीमा ५० हतियारधारी मारिए

नाइजेरिया । नाइजेरियाको सेनाले यहाँका विभिन्न राज्यमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ५० जना हतियारधारी विद्रोही मारिएको जनाइएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका उत्तरी क्षेत्रमा बोको हराम तथा कतिपय क्षेत्रमा इस्लामिक स्टेट्ससँग सम्बन्ध रहेका स्थानीय आतङ्ककारी समूहहरुको हात रहेको छ ।
गएका दुइ हप्तायता नाइजेरियाको सेनाको नेतृत्वमा यहाँका सबै सुरक्षा निकायले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारीरु मारिएको यहाँको सेनाले बिहीबार जानकारी दिएको छ ।
यसरी मारिनेमा इस्लामिक स्टेट्स वेस्ट अफ्रिका प्रोभिन्स ९आइएसडब्ल्युएआर० र बोको हरामका लडाकू रहेका पनि जानकारी दिइएको छ ।
यहाँको बोर्नो राज्यमा यही नोभेम्बर ४ र ५ मा गरिएको हवाई कारबाहीका क्रममा परेर बोको हरामका दुई जना कमाण्डर मारिएका छन् । उनीहरुका नेतृत्वमा सो राज्यका विभिन्न क्षेत्रमा सर्वसाधारण तथा सुरक्षाकर्मीहरुको हत्या गर्ने तथा अन्य हिंसात्मक कार्यहरु गर्ने गरेको सूचनाका आधारमा गरिएको कारबाहीमा ती लडाकू कमाण्डर मारिएका बताइएको छ ।
यस कारबाहीका क्रममा अपहरणमा परेका सर्वसाधारणहरुलाई पनि अपहरणमुक्त गरिएको जनाइएको छ । साथै बोको हराम र अरु स्थानीय आतंककारी समूहका कैयौँ सदस्यले आत्मसमर्पण पनि गरेका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया