कतार विश्वकप : महिला दर्शकले शीरदेखि पाउसम्म छोपिने कपडा लगाउनुपर्ने
काठमाडौं । कतारमा भोलि आइतबारबाट सुरु हुने विश्वकपमा भेषभुसादेखि खानपानसम्ममा कडाइ गरिएको छ ।
कतारमा भोलि आइतबारदेखि सुरु हुने विश्वकपमा ३२ देशका टोली सहभागी हुनेछन् । खेल हेर्न सहभागी देशसँगै विभिन्न मुलुकका समर्थक तथा दर्शक कतारको रंगशालामा देखिनेछन् । यस्ता दर्शकबाट आफ्नो देशको पहिचान र मौलिकतामाथि आक्रमण नहोस् भन्नका खातिर कतार सरकारले पहिरनमा कडाइ गरेको हो ।
अन्य विश्वकपमा बडी शो गर्न खुला गरिएको थियो । तर यस पटक यस्तो गतिविधि गर्न रोक लगाइएको छ । योसँगै अब महिला र पुरुषले रंगशाला वा बाहिर आफ्नो शरीर प्रदर्शन गर्न पाउने छैनन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले महिलाले आफ्नो शरीर एक्सपोज गर्ने गरी कुनै पनि पहिरन लगाउन नपाइने नियम कतार सरकारले बनाएको लेखेका छन् । समाचारअनुसार, विदेशबाट आउने महिला समर्थकले अनिवार्य रूपमा काँधदेखि घुँडासम्म छोप्ने लुगा लगाउनुपर्नेछ । टाइट कपडा लगाउन पनि पाइने छैन ।
यस्तो नियमविपरीत कसैले पहिरन लगाएमा ती महिला समर्थकलाई कतारको कानूनअनुसार कारबाही हुन सक्नेछ ।
महिलाले जस्तै पुरुषले पनि अंग प्रदर्शन हुने र टाइट कपडा लगाउन पाउने छैनन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया