कतार विश्वकप : महिला दर्शकले शीरदेखि पाउसम्म छोपिने कपडा लगाउनुपर्ने
टाइट कपडा लगाउन पनि निषेध
काठमाडौं । कतारमा भोलि आइतबारबाट सुरु हुने विश्वकपमा भेषभुसादेखि खानपानसम्ममा कडाइ गरिएको छ ।
कतारमा भोलि आइतबारदेखि सुरु हुने विश्वकपमा ३२ देशका टोली सहभागी हुनेछन् । खेल हेर्न सहभागी देशसँगै विभिन्न मुलुकका समर्थक तथा दर्शक कतारको रंगशालामा देखिनेछन् । यस्ता दर्शकबाट आफ्नो देशको पहिचान र मौलिकतामाथि आक्रमण नहोस् भन्नका खातिर कतार सरकारले पहिरनमा कडाइ गरेको हो ।
अन्य विश्वकपमा बडी शो गर्न खुला गरिएको थियो । तर यस पटक यस्तो गतिविधि गर्न रोक लगाइएको छ । योसँगै अब महिला र पुरुषले रंगशाला वा बाहिर आफ्नो शरीर प्रदर्शन गर्न पाउने छैनन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले महिलाले आफ्नो शरीर एक्सपोज गर्ने गरी कुनै पनि पहिरन लगाउन नपाइने नियम कतार सरकारले बनाएको लेखेका छन् । समाचारअनुसार, विदेशबाट आउने महिला समर्थकले अनिवार्य रूपमा काँधदेखि घुँडासम्म छोप्ने लुगा लगाउनुपर्नेछ । टाइट कपडा लगाउन पनि पाइने छैन ।
यस्तो नियमविपरीत कसैले पहिरन लगाएमा ती महिला समर्थकलाई कतारको कानूनअनुसार कारबाही हुन सक्नेछ ।
महिलाले जस्तै पुरुषले पनि अंग प्रदर्शन हुने र टाइट कपडा लगाउन पाउने छैनन् ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया