इलाम-१ मा मतगणना सुरु हुन सकेन
काठमाडाैं । इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो ।
राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ । अब सर्वदलीय बैठक बसेर निर्णय गरिने बताइएको छ । सर्वदलीय बैठक केहीबेरमा सुरु हुने जनाइएको छ ।
हिजो राति ८ बजेपछिबाट परिणामसमेत सार्वजनिक भएको छैन । सो मत परिणाममा पनि पूर्वप्रधानमन्त्री झलनाथ खनाल पछि परेका छन् । उनलाई एमालेका उम्मेदवार महेश बस्नेतले पछि पारेका छन् । बस्नेतले दश हजार दुई सय ८७ मत प्राप्त गरेका छन् भने खनालले आठ हजार सात ८० मत प्राप्त पाएका छन् ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया