सोलुखुम्बु (१) मा माओवादीका शेर्पा विजयी
काठमाडौं । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेशसभामा १ मा लोकतान्त्रिक वाम गठबन्धनतर्फका नेकपा (माओवादी केन्द्र) का गोम्बु शेर्पा (कर्ज्याङ) निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उत्तमकुमार बस्नेतलाई एक हजार ६३७ मतले पछि पर्दै विजयी हासिल गरेका हुन् ।
अन्तिम मत परिणामअनुसार शेर्पाले १० हजार ३५ मत प्राप्त गर्दा बस्नेतले आठ हजार तीन सय ९८ मत प्राप्त गरेका छन् । प्रदेशसभामा जम्मा २० हजार चार सय चार मत खसेको थियो ।
पराजित बस्नेत निवर्तमान प्रदेशसभा सदस्यसमेत हुन् । दुई वटा प्रदेशसभा क्षेत्र रहेको जिल्लामा प्रदेशसभा २ मा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी भएका छन् ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया