स्थागित कांग्रेस सप्तरीको जिल्ला अधिवेशन सुरु

राजविराज । स्थगित भएको नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि जिल्ला अधिवेशन आज सुरु भएको छ । आज बिहानबाट मतदान सुरु भएको नेपाली कांग्रेसले जनाएको छ ।
सप्तरीको राजविराजस्थित पब्लिक माविमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको कांग्रेस नेता बद्री महत्मान यादवले जानकारी दिए । नयाँ नेतृत्वका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साहले उम्मेदवारी दिएका छन् ।
यसअघि फागुन २१ गते रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचन स्थलमा एउटै व्यक्तिले पटक पटक मतदाताको सहयोगी बनेको भन्दै विवाद उत्पन्न भएर अधिवेशन स्थगित भएको थियो । निर्वाचन अधिकृत डा. रुद्र शर्माका अनुसार जिल्ला अधिवेशनका लागि कूल दुई हजार ५३५ मतदाता छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया