मोरङ १ मा कांग्रेसका लिम्बू विजयी
काठमाडाैं । मोरङको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् । नेकपा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बू विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयले शनिबार साझ घोषणा गरेको अन्तिम मतपरिणाममा विजयी लिम्वूले २५ हजार सात सय ९४ मत ल्याउदा खतिवडाले २५ हजार चार सय ६९ मत प्राप्त गरेका थिए ।
विसं २०७४ को निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गरेका थियो भने २०७० मा लिम्बूले खतिवडालाई पराजित गरेका थिए । यस्तै प्रदेश सभा १ (१) तर्फ नेकपा एमालेका उमाकान्त खनालले लोकतान्त्रिक वामगठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार कुशल साम्वालाई तीन हजार पाँच सय २७ मतले पछि पार्दै विजय हासिल गरेका छन् भने एमालेका गौतमले १३ हजार पाँच सय ३१ र साम्वाले १० हजार चार मत प्राप्त गरेका थिए ।
यस्तै प्रदेश १ (२) मा पनि नेकपा एमालेका खड्गबहादुर बस्नेतले लोकतान्त्रिक वामगठबन्धनका एकीकृत समाजवादीका उम्मेदवार उपेन्द्रप्रसाद घिमिरेलाई ६ सय ७६ मतले पछि पार्दै विजयी हासिल गरेका छन् ।
एमालेका बस्नेतले १४ हजार पाँच सय ३९ मत प्राप्त गरेका छन् भने प्रदेश नं १ का सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका घिमिरेले १३ हजार आठ सय ६३ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया