चलचित्र निर्देशक कृष्ण बलात्कारको आरोपमा पक्राउ

काठमाडौं । मलयालम चलचित्रका निर्देशक लिजू कृष्णलाई बलात्कारको आरोपमा भारको केरला प्रहरीले पक्राउ गरेको छ ।
कुन्नुरस्थित घरबाट उनलाई आइतबार राति पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
एक महिलाले उनलाई विगत ६ महिनादेखि यौन शोषण गर्दै आएको आरोप लगाउँदै मुद्दा दायर गरेकी छिन् ।
३६ वर्षीय कृष्णको आगामी चलतिच ‘पदवेत्तु’ हो ।
प्रतिक्रिया