आफ्नै गृहनगरमा पछि परे एमालेका कर्ण थापा
काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तरसहित अग्रता कायम गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार सात सय चार मतगणना गर्दा पाण्डेले १२ हजार सात सय पाँच मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर थापाले १० हजार ५९ मत ल्याएका छन् ।
एमालेका उम्मेदवार थापाको गृहनगर बूढीगङ्गा नगरपालिका, त्रिवेणी नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
यस्तै प्रदेशसभा (१) मा (एकीकृत समाजवादी) का उम्मेदवार नरेश शाहीले सात हजार पाँच सय २५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बलदेव रेग्मीले सात हजार दुई सय सात मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस प्रदेशको स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ भने हिमाली गाउँपालिकाको मतगणना भइरहेको छ ।
यसैगरी प्रदेशसभा (२) मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले नौ हजार २२ मत हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले सात हजार चार सय ४७ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार थापाले कांग्रेसका उम्मेदवार शाहीलाई एक हजार पाँच सय ७५ मतले पछ्याइरहेका छन् ।
एमालेका उम्मेदवार थापा विसं २०७४ को प्रतिनिधिसभामा का निर्वाचित भएका थिए ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया