प्रदेशसभाको थप एक सिटमा कांग्रेसको पल्लाभारी, शाही बने सांसद
काठमाडौं । बाजुरा प्रदेशसभा (२) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही २० हजार एक सय १९ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापाले १७ हजार पाँच सय २१ मत ल्याएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरा नवनिर्वाचित प्रदेशसभा सदस्य शाहीले एमालेका उम्मेदवार थापालाई दुई हजार पाँच सय ९८ मतले पराजित गरेका हुन् । सो निर्वाचन क्षेत्रमा ५३ हजार छ सय २६ मतदाता सङ्ख्या रहेको छ । तीमध्ये ३८ हजार सात सय ९५ मत खसेको थियो ।
कार्यालयले शनिबार बेलुकी प्रदेशसभा–१ को मतपरिणाम सार्वजनिक गरिसकेको छ । प्रदेशसभा–१ का नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार नरेशकुमार शाहीले एमालेका उम्मेदवार बलदेव रेग्मीलाई पराजित गर्दै निर्वाचित भइसकेका छन् ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया