अंगदानसहित विश्व मिर्गौला दिवस मनाइने
काठमाडाैं । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरले यही फागुन २६ गते (मार्च १०) मा अंगदान गर्दै विश्व मिर्गौला दिवस मनाउने भएको छ ।
विश्व मिर्गौला दिवसबारे जानकारी दिन केन्द्रले आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक पुकार श्रेष्ठले विश्व मिर्गौला दिवस यसवर्ष अङ्गदान लगायतका विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मनाउने जानकारी दिए ।
कार्यक्रममा विभिन्न विशिष्ट एवं अन्य व्यक्तिबाट अंगदान गर्ने र स्वास्थ्य सेवा दिवसका दिन अंगदानको घोषणा गरेका स्वास्थ्यमन्त्री, मुख्य सचिव, स्वस्थ्य सचिवलगायतका विशिष्ठ व्यक्तिलाई अङ्गदान कार्ड वितरण गरिने उनले जानकारी दिए । दिवसको दिन बिहान ७:४५ बजे काठमाडौँको शान्ति बाटिकाबाट मिर्गौला पथयात्रा गर्दै दशरथ रङ्गशालासम्म पुगेर अंग प्रत्यारोपण गरिएका व्यक्ति, अङ्गदाता, चिकित्सक, कलाकार, पत्रकार, समाजसेवीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न गरिने पनि उहाँले जानकारी दिए ।
अङ्गदान र अङ्ग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ्य व्यक्ति जत्तिकै हुन सक्छन् भन्ने सन्देश दिँदै अङ्ग प्रत्यारोपण, मष्तिस्क मृत्युबाट हुने अङ्गदानले पाउने नयाँ जीवनबारे प्रचार एवं प्रोत्साहन गर्न कार्यक्रमले सहयोग पुग्ने बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया