चोलेन्द्र समर्थकद्वारा बारका पदाधिकाीमाथि जुत्ता प्रहार
काठमाडौं । निलम्बित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिएको झोंकमा उनका समर्थकहरूले धर्नामा बसेका नेपाल बारका पदाधिकारीमाथि जुत्ता प्रहार गरेका छन् ।
राणाका समर्थकहरूले उनलाई सर्वोच्च प्रवेशबाट रोक्नका लागि संविधानको कुन धाराले रोकेको भन्दै प्रश्न गरेका थिए । सर्वोच्चका न्यायाधिश र बारका पदाधिकारीहरूलाई उनीहरूले अमेरिका र यूरोपको दलाल भएकोसमेत आरोप लगाएका छन् ।
जबरालाई संघीय संसद सचिवालयले महाअभियोगको प्रस्ताव निष्क्रिय भएको पत्र पठाएसँगै उनले आज दुई बजेपछि सर्वोच्च जाने बताएका थिए । उनलाई अदालत प्रवेशबाट रोक्नका लागि धर्ना कसेका बारका पदाधिकारी र उनका समर्थकबीच झडपको स्थिती सिर्जना भएको हो ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया