बैंकिङ कसुर मुद्दामा फरार अभियुक्त पक्राउ
काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनले रु ११ लाख जरिवाना तोकेपछि फरार रहेका एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विसं २०७८ मङ्सिर २१ को फैसलाअनुसार चार दिन कैद र रु ११ लाख जरिवाना तोकेपछि फरार रहेका अर्घाखाँची मालारानी गाउँपालिका–२ का ४९ वर्षीय कृष्णप्रसाद बञ्जाडेलाई आज पक्राउ गरेको हो ।
अदालतको फैसलापछि फरार रहँदै आएका बञ्जाडेलाई काठमाडौंको थापागाउँबाट पक्राउ गरेको हो । पक्राउ बन्जाडेलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौंमा पेश गरिएको महाशाखाले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया