एमालेको सचिवालय बैठक स्थगित
काठमाडौं । समानुपातिक सांसद छनोट र चुनावी समीक्षा गर्न लागि बोलाएको एमालेको सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे ओली निवास बालकोटमा बस्ने तय भएको बैठक स्थगित भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । रिजालका अनुसार गृहकार्य नपुगेकाले बैठक स्थगित भएको हो ।
मंसिर ४ मा भएको आवधिक निर्वाचनमा एमालेले प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ७० सिट गरी जम्मा १०४ सिट जितेको छ । निर्वाचन आयोगले तीन दिनभित्र समानुपातिक बन्दसूची अनुसार उम्मेदवारहरूको नामावली पठाउन राजनीतिक दलहरूलाई निर्देशन दिइसकेको छ ।
प्रनिधिसभा र प्रदेशसभा समानुपातिक निर्वाचन निर्देशिका २०७४ अनुसार खसआर्य, आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम र पिछडिएका वर्गबाट क्लस्टर मिलाएर पठाउनुपर्नेछ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया