एमालेको सचिवालय बैठक स्थगित
काठमाडौं । समानुपातिक सांसद छनोट र चुनावी समीक्षा गर्न लागि बोलाएको एमालेको सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे ओली निवास बालकोटमा बस्ने तय भएको बैठक स्थगित भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । रिजालका अनुसार गृहकार्य नपुगेकाले बैठक स्थगित भएको हो ।
मंसिर ४ मा भएको आवधिक निर्वाचनमा एमालेले प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ७० सिट गरी जम्मा १०४ सिट जितेको छ । निर्वाचन आयोगले तीन दिनभित्र समानुपातिक बन्दसूची अनुसार उम्मेदवारहरूको नामावली पठाउन राजनीतिक दलहरूलाई निर्देशन दिइसकेको छ ।
प्रनिधिसभा र प्रदेशसभा समानुपातिक निर्वाचन निर्देशिका २०७४ अनुसार खसआर्य, आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम र पिछडिएका वर्गबाट क्लस्टर मिलाएर पठाउनुपर्नेछ ।
ताजा अपडेट
-
फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती १६ दिन बन्द हुने
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
प्रतिक्रिया