मानव अधिकार उपभोग अझै चुनौतीपूर्ण : आयोग
काठमाडाैं । मानव अधिकार आयोगले जातीय भेदभाव, बोक्सी, छाउपढी, बालविवाह र दाईजो जस्ता हानिकारक परम्परागत अभ्यासहरूबाट नेपाली समाज अझै मुक्त हुन नसकेको जनाएको छ ।
आयोगले हालै सर्वजनिक गरेको वार्षिक प्रतिवेदनमा मानवअधिकार उल्लङ्घनको अवस्था उल्लेख गर्दै यस्तो जनाएको हो । जसका कारण मानव अधिकार उपभोगमा चुनौती श्रृजना भएको प्रतिवेदनमा उल्लेख छ ।
यसैबिच आर्थिक वर्ष २०७८÷७९ मा मानवअधिकार उल्लघनका एक सय एक वटा उजुरी मानवअधिकार आयोगमा दर्ता भएका छन् । यस अवधिमा चार सय १४ उजुरीमाथी निर्णय गरेको छ ।
जसमध्ये ६ वटा नितिगत सिफारिस रहेका छन् । आयोगले मानव अधिकार सम्बन्धी विषयमा एक सय २१ पटक अनुगमन गरिएको पनि जनाएको छ ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया