वत्सलेश्वरी डबलीमा सांस्कृतिक प्रस्तुति
काठमाडौं । काठमाडौँ महानगरपालिकाले २८ औँ महानगर दिवसका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरी डबलीमा सांस्कृतिक कार्यक्रम गरेको छ ।
महानगरपालिका–८ अन्तर्गत पर्ने पशुपति मन्दिर परिसरको वत्सलेश्वरी डवलीमा भएको कार्यक्रममा विभिन्न बाजागाजासहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सन्ध्या पुस्तकालय, सिर्जनशील युवा क्लबलगायतका क्लबले बाजासहितको नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा पशुपति क्षेत्रमा प्राचीनकालदेखि विभिन्न चाडपर्वमा प्रदर्शन हुने गरेका सांस्कृतिक झलक देखाइएको थियो ।
सो अवसरमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले विश्वमै सांस्कृतिक सहरका रुपमा परिचित महानगर दिवस सम्पन्न गर्न सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । सांस्कृतिक कार्यक्रम प्रस्तुत भएका बाजासहित नृत्यको आ–आफ्नै महत्व रहेको उहाँले बताउनुभयो । हरेक जात्रा पर्व तथा त्यसलाई प्रस्तुत गर्ने डवलीको संरक्षण सम्बद्र्धनमा काम गरिने प्रतिबद्धता उपप्रमुख डङ्गोलले व्यक्त गरिन् ।
महानगरपालिका–८ का वडाध्यक्ष आशामान सङ्गतले हरेक जात्रा पर्वको महत्वलाई आत्मसात् गर्दै संरक्षण गर्न आवश्यक रहेको बताए । महानगरपालिका मूर्त, अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा लागेको उनले बताए । कार्यक्रममा प्रदेशसभा र महानगरपालिकाका जनप्रतिनिधिको सहभागिता रहेको थियो । सो अवसरमा देव खलका प्रमुखलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो । महानगर दिवस यही मङ्सिर २९ गते मनाइँदै छ । यस अवसरमा महानगरपालिकाले विभिन्न कार्यक्रम गरिरहेको छ ।
–––
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया