बालकोट पुगेर कांग्रेस नेता केसीले भेटे ओली
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनको निवास बालकोट पुगेर भेटवार्ता गरेका छन् ।
ओलीको निम्तामा केसी आइतबार साँझ बालकोट पुगेका हुन् । भेटका क्रममा दुईबीच समसामयिक राजनीति र सरकार गठनलगायत विषयमा कुराकानी भएको बताइएको छ ।
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै सत्तागठबन्धन र एमाले आफ्नो नेतृत्वमा सरकार गठनका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । यसका लागि दुवै पक्षले भेटघाट तथा छलफल तीव्र पारेका छन् ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया