अर्जेन्टिना र नेदरल्यान्ड्स कारबाहीमा
काठमाडौं । फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सलाई कारबाही गर्ने भएको छ ।
२२ औं संस्करणको विश्वकप भुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्सका खेलाडीले मैदानमा अनुशासन तोडेका कारण फिफाले कारबाहीको तयारी गरेको छ ।
फिफाले यी दुवै राष्ट्रिलाई कारबाहीस्वरुप जनही १६ हजार डलर जरिवाना गर्न लागेको छ । विश्वकपको दास्रो क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्लाई टाइब्रेकरमा हराउँदै सेमिफाइनल स्थान पक्का गरेको थियो । निर्धारित समयमा दुवै टोलिले २ २ को बराबरी खेलेका थिए । निर्धारित र अतिरित्त समयमा नेदरल्यान्ड्स र अर्जेन्टिनाका खेलाडी एक आपसमा झगडा गरेका थिए ।
खेललाई नियन्त्रणमा राख्न स्पेनिस रेफ्री म्याथ्युले विश्वकप इतिहासको एकै खेलमा सर्वाधिक १७ पहेँलो कार्ड देखाए । खेलाडीले खेलभावानापिवरीत मैदानमा व्यवहार देखाएका कारण नै खेलमा धेरै पहेँलो कार्ड देखाइएको हो । नेदरल्यान्ड्सले खेल सकिन केही सेकेन्ड बाँकी रहँदा २ २ को बराबरी गोल फर्काएको थियो ।
अतिरित्त समयमा समाप्तिपछि अर्जेन्टिनाका बेन्चमा रहेका खेलाडी मैखानमा जाँदै नेदरल्यान्ड्सका खेलाडीसँग विवादमा उत्रिएका थिए । खेलमा नेदरल्यान्ड्सका डेन्जेलले दुईं पहेँलो कार्डसहित रातो कार्ड पाएका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया