बराबरीका बाबजुद सिटी क्वार्टरफाइनलमा
काठमाडौं । बराबरी खेल्नका बाबजुद इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनसँग गोलरहित बराबरी खेल्नका बाबजुद सिटी पहिलो लेगको नतिजाका आधारमा क्वार्टरफाइनलमा पुगेको हो ।
यसअघि लिस्बनमा भएको खेलमा सिटीले ५–० ले विजयी भएको थियो । समग्रममा पनि ५–० को जतिजाका साथ सिटी अन्तिम आठमा पुगेको हो ।
च्याम्पियन्स लिगको अर्को खेलमा स्टार खेलाडीले भरिएको पिएसजी अन्तिम १६ बाटै बाहिरिएको छ ।
गएराति सकिएको खेलमा स्पेनिस क्लब रियल म्याड्रिडसँग समग्रमा ३–२ गोलले पराजित हुँदै पिएसजी प्रतियोगिताबाटै बाहिरिएको हो ।
च्याम्पियन्स लिगमा मेसीको पिएसजीको विजोग, रियल क्वार्टरफाइनलमा
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया