नेपाल ट्रक यातायात व्यवसायी महासंघद्वारा ज्ञापनपत्र
काठमाडाैं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले ढुवानी व्यवसायका समस्याका विषयमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका आधारमा ढुवानी सवारीसाधनमा भाडा समायोजन हुनुपर्ने, कानुनले निर्धारण गरेका भारवहन क्षमतालाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने, भारतीय सवारीसाधन विशेषगरी ट्रकको निर्वाध नेपालमा आवागमनलाई कडाइ गरिनुपर्ने, नेपालबाट भरततर्फको पेट्रोलियम पदार्थ तस्करी रोकिनुपर्ने र भारतीय सीमाक्षेत्रका थोत्रा ट्रक व्यवस्थापनमा गरिनुपर्ने छन् ।
विभागका महानिर्देशक घिमिरेलाई महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले आज ज्ञापनपत्र हस्तान्तरण गरेका थिए। सो अवसरमा महासंघका महासचिव बानियाँले विभागले सात दिनभित्र आफ्ना माग पूरा गर्न आग्रह गरे । उनले भने, ‘छोटो अवधिमा पेट्रोलियम पदार्थको पटक–पटकको मूल्यवृद्धि भएको छ । यसबाट ढुवानीमा समस्या हुँदै आएको छ ।
मूल्यवृद्धिका आधारमा भाडादर समायोजन हुनुपर्छ ।’ उनले भारतमा निश्चित समयसम्म सञ्चालन भई थोत्रिएका ट्रक नेपाली सीमाक्षेत्रमा ल्याइ सञ्चालन गर्ने प्रवृत्ति तत्काल रोक्न पनि सरकारसँग माग गरे ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया