मंगलबार राजधानीमा एमालेले विशेष कार्यक्रम गर्दै
काठमाडौं । नेकपा (एमाले) ले मंगरबार राजधानीमा विशेष कार्यक्रम गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा जनताको रोजाइमा एमाले पहिलो पार्टी भएको खुशीयालीमा विजय उत्सव मनाउन लागिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
‘एमाले जनताको रोजाईको पहिलो पार्टी’ विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको उनले बताए । रिजालकाअनुसार विजय, बधाई र उत्सवका रुपमा आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा नवनिर्वाचित सदस्यहरूलाई बधाई दिनेछन् ।
‘चौतर्फी घेराबन्दीको प्रतिकूल परिस्थितिमा पनि प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा लोकप्रिय मतमा एमाले पहिलो भएको छ’, उनले भने, ‘ भोलिको कार्यक्रमा निर्वाचित सबै जनप्रतिनिधिबीच विजय उत्सवको साथै एकअर्काबीच बधाई तथा शुभकामना आदान प्रधान गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरेको हो ।’
एमालेबाट प्रतिनिधि सभा सदस्यमा ७८ जना र प्रदेश सभामा १६१ जना सदस्य निर्वाचित भएका छन् । कार्यक्रममा प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरू, प्रदेश सभामा नवनिर्वाचित सदस्यहरू, राष्ट्रिय सभाका बहालवाला सदस्यहरू, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरू, निर्वाचन परिचालन कमिटीका सदस्यहरू–पार्टीका केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय प्रमुख र पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिव, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय कार्यालय सचिव, प्रदेश कमिटीका पदाधिकारीहरू, जनसंगठनका थप तीनजना पदाधिकारी, केन्द्रीय कार्यालय र परिचालनमा संलग्नहरूलाई आमन्त्रण गरिएको रिजालले बताए ।
एमालेले निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूको भेला सोमबार राखिएको छ । प्रज्ञाप्रतिष्ठान कमलादीमा राखिएको भेलामा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । आगामी दिनमा संसदमा खेल्नुपर्ने भूमिकाबार प्रशिक्षण दिने कार्यक्रम रहेको उनले बताए ।
ताजा अपडेट
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
-
काठमाडौँ महानगरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार
-
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा
-
६ सचिवको सरुवा, पर्यटन, शिक्षा र कृषि सचिव फेरिए
प्रतिक्रिया