देउवाविरूद्ध संसदीय दलको नेतामा गगनको उम्मेदवारी पक्का

काठमाडौं । लामो छलफलपछि नेपाली कांग्रेसले संसदीय दलको नेताको चुनावका लागि सभापति शेरबहादुर देउवाको विरूद्धमा महामन्त्री गगन थापालाई उम्मेदवार बनाउने भएको छ ।
काठमाडौंस्थित बसेरा बुटिक हाेटलमा बसेको देउवाइतर समूहकाे बैठकले गगनलाई दलका नेताका रूपमा अघि बढाउन सहमति जुटाएको हो । गगनलाई भावी प्रधानमन्त्रीका रूपमा नेता शेखर कोइरालाले प्रस्ताव गर्ने भएका हुन् ।
भोलि कांग्रेसको संसदीय दलको निर्वाचन हुँदैछ । संस्थापन पक्षका उम्मेदवार देउवासँग थापा यसपटक भिड्ने पक्का भएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया