नायब कार्यकारी अधिकृतसहित ८ जना कर्मचारीको बढुवा गर्दै नेप्से
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिक्त रहेका पदमा कार्य सम्पादन तथा मूल्याङकनद्वारा कर्मचारीको बढुवा गर्ने भएको छ ।
नेप्सेमा रिक्त रहेको नायब कार्यकारी अधिकृत ११ तहमा १ जना, प्रबन्धक १० तहमा १ जना, उप प्रबन्धक ९ तहमा १ जना, सहायक प्रबन्धक ८ तहमा २ जना र वरिष्ठ अधिकृत ७ तहमा ३ जना पदपूर्ति गर्न लागेको छ ।
नेप्सेले कर्मचारी सेवा सर्त (दोस्रो संशोधन) सम्बन्धी विनियमावली २०७५ को विनियम २२ बमोजिम योग्यता पुगेका कर्मचारीहरुले सूचना प्रकाशित भएको ३० दिनभित्र दरखास्त फारम बुझाउनुपर्ने सूचनामार्फत जानकारी गराएको छ ।
आवेदकले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, बढुवाको लागि आवेदन गर्ने तहभन्दा एक तह मुनीको स्थानीय नियुक्ती पत्र र कम्तीमा ४ वर्ष सेवा अवधि पुरा गरेको प्रमाणित कागजात रअघिल्ला तहमा नियुक्ती हुँदाको स्थानीय नियुक्त पत्र समेत चाहिने छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया