मधेशी आयोगले संघीय संसदको सचिवालयलाई स्पष्टीकरण साेध्याे
काठमाडाैं । भाषा आयोग तथा मधेशी आयोगमा सूचीकृत नै नभएको मधेशी भाषामा शपथ लिन मान्यता दिएकाे भन्दै संघीय संसद सचिवालयलाई मधेशी आयोगले स्पष्टीकरण सोधेको छ ।
आयोगकी उपसचिव सविता डंगोलले एक पत्र काट्दै मधेशी भाषामा सपथ लिन संसदले मान्यता दिएकाेमा शुक्रबार संसदको सचिवालयसँग स्पष्टीकरण माग गरेकी हुन् ।
पत्रमा भनिएको छ, ‘हालसम्म भाषा आयोगबाट प्रकाशित ‘मधेशी भाषा’ सुचिकृत नभएको देखिएकोले सो भाषामा प्रतिनिधि सभाका सदस्यहरुले औपचारिक कार्यक्रममा शपथ लिनु गम्भीरताको विषय रहेको साथै नेपालमा विद्यामान रहेका सूचीकृत अन्य भाषाहरुमाथि नकारात्मक प्रभाव परेको देखिन्छ। सो सम्बन्धमा यस आयोगलाई श्री संघीय संसदको सचिवालयले कुन आधारमा मधेशी भाषामा शपथ लिन मान्यता दिएको भनी स्पष्ट हुने गरी जानकारी गराइदिन हुन निर्देशानुसार अनुरोध गरिएको छ ।’
विहिबार संसद भवनमा जनमत पार्टीका अध्यक्ष डा.सी.के राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुले मधेशी भाषामा शपथ लिएका थिए ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया