NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

बालकोट पुगेका नेताहरूलाई बालेनले दिए व्यापारी र खेलाडीको संज्ञा

काठमाडौं । सत्ता गठबन्धनको बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटमा नेताहरूको ताँती लागेको छ ।

बालकोटमा हाल जारी चार दलको बैठकलाई इंकित गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रश्न गरेका छन् ।

समाजिक सञ्जालमा उनले एक स्टाटस लेख्दै उनले नेताहरूलाई व्यापारी र खेलाडीको संज्ञा दिएका छन् । जारी स्टाटसमा उनले भनेका छन्, ‘हिजो एउटा कविता लेखेको थिएँ, आज लेख्दिन । देश के हो ? व्यापार हो ? खेल हो ?’

हिजोमात्रै उनले लेखेका थिए, ‘नयाँ सांसदहरू, नयाँ गफाडीहरू ! उही पुरानो देश । उही पुराना व्यापारीहरू’

ताजा अपडेट

नेपालवाच विशेष