बालकोट पुगेका नेताहरूलाई बालेनले दिए व्यापारी र खेलाडीको संज्ञा
काठमाडौं । सत्ता गठबन्धनको बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटमा नेताहरूको ताँती लागेको छ ।
बालकोटमा हाल जारी चार दलको बैठकलाई इंकित गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रश्न गरेका छन् ।
समाजिक सञ्जालमा उनले एक स्टाटस लेख्दै उनले नेताहरूलाई व्यापारी र खेलाडीको संज्ञा दिएका छन् । जारी स्टाटसमा उनले भनेका छन्, ‘हिजो एउटा कविता लेखेको थिएँ, आज लेख्दिन । देश के हो ? व्यापार हो ? खेल हो ?’
हिजोमात्रै उनले लेखेका थिए, ‘नयाँ सांसदहरू, नयाँ गफाडीहरू ! उही पुरानो देश । उही पुराना व्यापारीहरू’
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया