एनआइसी एसिया क्यापिटलको ‘आइडिया टु आइपिओ’ सेवा सुरु

काठमाडौं । एनआइसी एसिया क्यापिटलले ‘आइडिया टु आइपिओ’ सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
क्यापिटलका अनुसार यो सेवा नेपालमै पहिलोपटक मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत सञ्चालनमा आएको हो । क्यापिटलले आइडिया टु आइपिओ सेवाअन्तर्गत कुनै पनि कम्पनीलाई स्थापनादेखि आइपिओसम्मको कार्यलाई एकीकृत रुपमा सेवा उपलब्ध गराउनेछ ।
क्यापिटलका कार्यकारी निर्देशक रमेन्द्र रायमाझीले कसैसँग भएको आइडियालाई कसरी पुँजीकरण गर्ने, कसरी फलदायी बनाउने, कसरी उपयोगमा ल्याउन सकिन्छ र उक्त आइडियालाई फुल अर्थपूर्ण बनाएर त्यसलाई कसरी सफलता बनाउने भन्ने उद्देश्यअनुरुप सेवाको सुरूवात गरेको बताए ।
कम्पनीहरु आइपिओमा जाँदा कुन समयमा जाँदा ठीक हुन्छ भनेर सही समय सुझाव पनि दिने काम यो सेवामार्फत हुने क्यापिटलले जनाएको छ । त्यसैगरी क्यापिटल बजारमा भएका समस्याहरुलाई समाधन गर्न सकोस् भन्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
अहिलेसम्म अर्थात एक महिनाको अवधिमा आइडिया टु आइपिओ सेवा लिने कम्पनीहको संख्या चार वटा पुगेको कार्यकारी निर्देशकरा यमाझीले जानकारी दिए । जसमा दुई वटा हाइड्रो कम्पनी छन् । यसमा वित्त कम्पनी, कृषि कम्पनी र राइट सेयर कम्पनी उत्साहित देखिएको उनको भनाइ छ ।
उनका अनुसार यस्ता कम्पनीहरु बजारमा आउन सक्यो भने इन्टायर क्यापिटल मार्केटलाई धेरै राम्रो हुने छ । यो सेवाले साना कम्पनी तथा पोटन्सेल भएका कम्पनीलाई अर्थपूर्ण कम्पनी बनाउन सहयोग गर्ने उनको भनाइ छ ।
रायमाझीका अनुसार ती कम्पनीहरु बजारमा आउँदा सोसाइटीमा भएको जति पनि इस्युजहरु छन्, ती सबै इस्युजहरुलाई समाधान पनि गर्नेछ । उनले यो सेवा आइडियाको आइपीओ मात्रै नभएर देशको अर्थतन्त्रलाई नै सहयोग पु-याउन सक्ने आशा व्यक्त गरे ।
प्रतिक्रिया