सेनाको नयाँ प्रवक्तामा कृष्णप्रसाद भण्डारी
काठमाडौं । नेपाली सेनाको प्रवक्तामा सहायकरथी कृष्णप्रसाद भण्डारी तोकिएका छन् । झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गरेका उनलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो ।
एक वर्षअघि प्रवक्तामा नियुक्त भएका हालका प्रवक्ता नारायण सिल्वालले उनलाई बुधबार बर बुझारथ गरी प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्दै छन् । सहायकरथी सिल्वाललाई सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्गको अनुगमन तथा समन्वय समितिको अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया