केन्द्रीय सुरक्षा समितिकाे बैठक बोलाएर गृहमन्त्री रविले लिए ‘ब्रिफिङ’
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले मन्त्रीका रूपमा पहिलो निर्णय गर्नेवित्तिकै केन्द्रीय सुरक्षा समितिकाे बैठक बोलाएर ‘ब्रिफिङ’ लिएका छन् ।
कार्यभार सम्हालेको भेलिपल्ट उनले नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल, नेपाली सेना, गृहमन्त्रालयलयातका उच्च अधिकारीहरूलाई बैठकमा डाकेर सुरक्षासम्बन्धी ब्रिफिङ लिएका हुन् ।
यसअघि उनले सुरक्षा व्यवस्था कार्यविधि २०७७ विपरित खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्रमा फिर्ता हुन निर्देशन दिइसकेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले सोमबार गृहमन्त्रीका रूपमा पदभार ग्रहण गरेका हुन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया