निवर्तमान प्रधानमन्त्री देउवाले छाडे सरकारी निवास
काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट सरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटरस्थित सरकारी निवासबाट सरेका हुन् ।
बुढानिलकण्ठस्थित निजी निवास हाल मर्मत् भइरहेकाले उनी धुम्बाराहीस्थित भाँडाको घरमा सरेकाे उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनी २०७८ साल असार २८ गते पाचौँ पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री देउवा सरकारी निवासमा बस्दै आएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया