चीनको राजमार्गमा करिब दुईसय सवारी साधन दुर्घटना, एक जनाको मृत्यु

चीन । चीनको मध्ये क्षेत्रस्थित एक राजमार्गमा सयौँ सवारी साधन दुर्घटनाग्रस्त भएको चीनको सरकारी प्रसारक सिसिटिभीले बुधबार जनाएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको जनाइएको छ ।
सडकदेखि माथि आकाशबाट लिइएको तस्वीरमा बाक्लो हुस्सुका कारण सडक नदेखिँदा दुर्घटनाग्रस्त सयौँ यात्रुवाहक कार, भ्यान र लरीहरू राजमार्गको एक भागमा थुप्रिएको देखिएको छ ।
अनलाइनमा पोस्ट गरिएका अन्य भिडियोमा केही सवारी साधन दुर्घटनाका कारण टुक्रा टुक्रा भएको पनि देखिएको छ ।
हेनान प्रान्तको झेङझोउ शहर नजिकै बाक्लो कुहिरोले कमजोर दृश्य भएका कारण दुर्घटना भएको र कम्तीमा २०० वटा सवारी साधन दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
‘बुधबार बिहान झेङझोउको पहेँलो नदीको पुलमा अचानक कुहिरो लागेको थियो, जसका कारण धेरै सवारी साधन आपसमा ठोक्किएर दुर्घटना भएको थियो,’ झेङझोउका अधिकारीलाई उद्धृत गर्दै सीसीटीभीले भनेको छ ।
दुर्घटना लगत्तै आपतकालिन उद्धार कार्यहरु गरिएका छ भने दुर्घटना स्थललाई सामान्य यातायात सुचारु गर्नका लागि खाली गराइँदै छ,’ रिपोर्टमा भनिएको छ ।
चीनमा कडा यातायात सुरक्षा नियम, कमजोर सडक संरचना साथै चालकको लापर्बाहीका कारण सडक दुर्घटानाबाट वर्षेनी हजारौँ नागरिकको अकालमा ज्यान जाने वा अगभङ्ग हुने गर्छ । गत सेप्टेम्बरमा दक्षिणपश्चिमी गुइझोउ प्रान्तको क्वारेन्टिनमा जाँदै गरेको बस राजमार्गमा पल्टिँदा २७ जना यात्रुको मृत्यु भएको थियो ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया