कांग्रेसमा अन्तर्घात गर्नेको उजुरी पठाउने मिति माघ १५ गतेसम्म
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आगामी माघ १५ गतेसम्म निर्धारण गरेको छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घात गर्नेको उजुरी पठाउने समय यसअघि यही पुस १५ गतेसम्म निर्धारण गरेकामा पार्टीका स्थानीय तहबाट म्याद थप्नुपर्ने सिफारिसबमोजिम सो अवधि थप गरिएको पार्टी कार्यालयले आज जनाएको छ ।
कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी प्रदेश एवं जिल्ला अनुशासन समितिबाट निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन पत्राचार गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया