एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा कँडेल
काठमाडाैं । नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन् ।
एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकले कँडेललाई सर्वसम्मतरूपमा दलको नेतामा चयन गरेको हो ।
संसदीय दलको नेतामा सुर्खेत क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कँडेलसँगै दैलेख क्षेत्र २ (२)बाट निर्वाचित प्रदेशसभा सदस्य एवं एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको दाबी थियो ।
आफूले दाबी छोडेपछि कँडेल सर्वसम्मत दलको नेतामा चयन भएको अध्यक्ष शाहले जानकारी दिनुभयो । नेता कँडेल विसं २०७४ मा पनि प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो । हाल उहाँ एमालेको स्थायी कमिटी सदस्य र कर्णाली प्रदेश इञ्चार्ज हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया