मन्दिर बनाउँदा झण्डै एक लाख रूपैयाँ भ्रष्टाचार
काठमाडौं । मन्दिर बनाउँदासमेत झण्डै एक लाख रूपैयाँ भ्रष्टाचार भएको पाइएको छ । सर्लाहीस्थित कविलासी नगरपालिका वडा नं ८ स्थित रामजानकी मन्दि निर्माण गर्दा भ्रष्टाचार भएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रदास भण्डारीकाअनुसार आर्थिक वर्ष २०७६/०७७ मा अधुरो रहेको उक्त निर्माण कार्यमा ९७ हजार ८४० रूपैयाँ हिनामिना भएको हो । फिल्डमा काम भएको भन्दा बढी काम भएको दाबी गर्दै भुक्तानी भएको उनले बताएका छन् ।
उक्त रकम बिगो माग दाबीसहित आयोगले आज ६ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर हुनेमा तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय, तत्कालिन इन्जिनियर रामविनय प्रसाद यादव, सब इन्जिनियर उमेश कुमार दास र अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमहेश्वर साह कलवार र कोषाध्यक्ष रिना कुमारी रहेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया