एसियन हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एसियन हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज पुस १९ गते अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र सो आइपीओमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले मंसिर २७ गतेदेखि इलाम जिल्लाको आयोजना प्रभावित क्षेत्रका स्थानीयहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आइपीओ बिक्री खुला गरेको हो ।
हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट भने पुस १२ गतेपछि आवेदन लिन बन्द गरिएको थियो । हाइड्रोपवारले स्थानीयलाई १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको हो ।
यसमा आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं १०, माई जोगमाई गाउँपालिका वडा नं ३ र ४ तथा सूर्योदय नगरपालिका वडा ११ का स्थानीय बासिन्दाहरुका लागि ४०५ अर्थात १ लाख ३६ हजार कित्ता र आयोजना अति प्रभावित क्षेत्र बाहेकको इलाम जिल्लाका अन्य क्षेत्रहरुमा बसोबास गर्ने बासिन्दाहरुका लागि बाँकी ६०५ अर्थात २ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ ।
स्थानीय बासिन्दाले एनएमबि बैंक इलाम शाखा, सिभिल बैंक माइजोगमाई शाखा, प्राइम कमर्सियल बैंक बिब्लाटे शाखा, ग्लोबल आइएमई बैंक सूर्योदय (फिक्कल) शाखा तथा बिक्री प्रबन्धले तोकेको बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया