NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सर्लाहीमा ५४ लाख घुस खाएका अर्यालले पोहोर पर्वतबाट उठाएका थिए १२ लाख ३० हजार घुस

अर्याल भन्छन् : मैले बिर्सिसकेँ

काठमाडौँ । अरुलाई पारदर्शीता सिकाउने महालेखाका कर्मचारीहरु कति पारदर्शी होलान ? लेखापरीक्षणका क्रममा हुने लेनदेनले महालेखा परीक्षकको कार्यालय सबैभन्दा भ्रष्ट सरकारी कार्यालयको रुपमा दर्ज भएको छ ।

यसपाली सर्लाहीको स्थानीय तहको लेखापरीक्षण गर्न गएको बौद्धराज अर्याल नेतृत्व टोलीले मात्र सरकारी कार्यालयबाट १४ लाख घुस खाएका फर्किएको भेटियो । तीन जनाको टोलीले लेखापरीक्षण गर्न गएको स्थानीय तहको आर्थिक अपचलन मिलाएवापत नगरपालिकासँग ५ लाख र गाउँपालिकासँग २ लाखका दरले घुस लिएर फर्किएका हुन् ।

सर्लाहीमा अर्याल र कृष्ण पौडेलको नेतृत्वमा दुई वटा टोली खटिएको थियो । दुई वटा टोली ५४ लाख रुपैँया घुस खाएर काठमाडौँ फर्किएका हुन् । यसरी सरकारी कोषमाथि गलत लेखापरीक्षण गर्ने महालेखाका यि कर्मचारीले विगतमा पनि यसैगरी घुस लेनदेनका आधारमा फर्जी लेखापरीक्षण गर्ने गरेको पाइएको हो ।

२०७६\०७७ मा सर्लाहीमा लेखापरीक्षण गरेका बौद्धराज अर्यालले २०७४\०७५ मा महालेखाबाट पर्वतको लेखापरीक्षण गरेका थिए । निर्देशक अर्याल पर्वतमा फर्जी लेखापरीक्षण गरेवापत १२ लाख ३० हजार लिएर काठमाडौँ फर्किएका थिए ।

उनले हरेक कार्यालयसँग एक लाख देखि २० हजारसम्म घुस लिएर सरकारी कार्यालयको किर्ते लेखा परीक्षण गराएका हुन् ।

आर्थिक बर्ष २०७४\०७५ मा अर्यालले कुश्मा नगरपालिकाबाट एक लाख ५० हजार रुपैयाँ, पैंयु गाउँपालिकाबाट ७० हजार रुपैयाँ, महाशिला गाउँपालिकाबाट ५५ हजार रुपैयाँ, जलजला गाउँपालिकाबाट ७५ हजार रुपैयाँ, मोदी गाउँपालिकाबाट ४५ हजार रुपैयाँ र फलेवास नगरपालिकाबाट ३५ हजार रुपैयाँ घुस रकम बुझेका थिए ।

सरकारी कार्यालयको खर्च अनुशासन जाँच गर्न हिडेका महालेखाका निर्देशक अर्यालले विहादी गाउँपालिकाबाट ३५ हजार रुपैयाँ, जिल्ला खानेपानी कार्यालयबाट १ लाख रुपैयाँ, जिल्ला समन्वय समितिबाट ६५ हजार रुपैयाँ, सिंचाई कार्यालयबाट ३५ हजार रुपैयाँ, जिल्ला मालपोत कार्यालयबाट ३० हजार रुपैयाँ घुस लिएका थिए ।

यस्तै जिल्ला प्रहरी कार्यालयबाट २५ हजार रुपैयाँ, जिल्ला प्रशासन कार्यालयबाट ३० हजार रुपैयाँ, जिल्ला प्राविधिक कार्यालयबाट ४० हजार रुपैयाँ, जिल्ला वन कार्यालयबाट ३५ हजार रुपैयाँ, जिल्ला जनस्वास्थ्य कार्यालयबाट ४० हजार रुपैयाँ, जिल्ला कृषि कार्यालयबाट ३० हजार रुपैयाँ, जिल्ला निर्वाचन कार्यालयबाट २० हजार र भू–संरक्षण कार्यालयबाट ३० हजार रुपैयाँ घुस संकलन गरेका थिए ।

अर्यालले अन्य विभिन्न कार्यालयहरुबाट थप ३ लाख रुपैयाँ असुल गरेका थिए ।

महालेखाका निर्देशक अर्यालले भने पर्वतको विषयमा आफुलाई धेरै कुरा स्मरण नभएको बताए । नेपालवाचको जिज्ञासामा उनले भने, ‘त्यस्तो होईन, मलाई धेरै कुरा याद छैन ।’

अर्यालले सर्लाहीमा यस पटक स्थानीय तहसँग २ देखि ५ लाखका दरले घुस संकलन गरेको विषयमा प्रतिवाद गर्न सकेनन् ।
सम्बन्धित समाचार

सर्लाहीमा १५ स्थानीय तहको अडिट गर्दा ५ जनालाई ५४ लाख घुस

बेरुजु नलेख्ने तीन जनालाई १० लाख घुस, खुशी पार्न घुमफिर र मस्ती
सचिव देखि कार्यालय सहयोगीले एकै दिन दोब्बर खाजा र खाना खाए, तर महालेखाले असुल्यो
लेखापरीक्षणमा महालेखाको बार्गेनिङ : पाँच लाख दिए कुरा मिल्छ, नत्र असुली
केपी ओलीले एक बर्षमै भोज भतेरमा सिध्याए राज्यकोषको ४ करोड रुपैयाँ
धनुषामा १० लाख घुस खाने कर्मचारी भन्छन्- घुस खानु बाध्यता हो, सचिवसम्म बाँड्नुपर्छ

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८, १६:१६:००