नेपालवाचका लागि ६४५ नागरिक पत्रकार आवश्यक
काठमाडौं । नेपालवाच डटकमले देशभित्र र प्रवासका लागि ६४५ जना नागरिक पत्रकार माग गरेको छ । ‘नागरिक पत्रकारिता’ अभियान ‘सञ्चारमाध्यममा आफ्नै अनुहार, आफ्नै समाचार’का लागि नेपालवाचले नागरिक पत्रकारलाई सम्पर्क गर्न आह्वान गरेको हो ।
‘लोकतन्त्रलाई बलियो बनाउने नागरिक सहभागिताले हो । राज्य सञ्चालनको हरेक क्षेत्रमा नागरिकलाई सहभागी गराउन उत्प्रेरित गर्ने अभ्यास मिडियाले गर्न जरुरी छ’, नेपालवाच मल्टिमिडियाका अध्यक्ष पुष्प ढुंगानाले भने, ‘त्यसैको व्यवहारिक अभ्यास गर्न हामीले नागरिक पत्रकार आह्वान गरेका हौं ।’
उनका अनुसार यो अभियानको पहिलो चरणमा देशभित्रका प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि बढीमा ३ जना नागरिक पत्रकारलाई नेपालवाच समाचारकक्षमा पहुँच प्रदान गरिनेछ । त्यसैगरी प्रवासको एक देशमा बढीमा ५ जना नागरिक पत्रकारलाई पहिलो चरणमा जोडिनेछ । ‘व्यवस्थापन सहज होस् भनेर हामीले पहिलो चरणमा संख्या तोकेका छौं । अभ्यासको क्रममा संख्याको दायरा फराकिलो पार्दै जानेछौं’, उनले भने ।
हरेक नागरिकले आफ्नो सरोकारको समाचार सहजै प्रकाशित गर्न सकून् भन्ने उद्देश्यका साथ अभियान सुरु गरिएको नेपालवाच डटकमका सम्पादक कला अनुरागीले बताए । ‘अहिले हामी आफ्नो दृष्टिकोणबाट समाचार र विचार प्रवाह गरिरहेका छौं । तर यो पूर्ण लोकतान्त्रिक अभ्यास होइन’, उनी भन्छन्, ‘हामीले जतिसक्दो नागरिक सहभागितालाई जोड दिनुपर्छ । यसको सुरुवात सञ्चारमाध्यमबाटै हुनु आवश्यक छ । यो अभियान त्यसकै लागि चालिएको कदम हो ।’
नेपालवाचमा नागरिक पत्रकारको रूपमा जोडिन चाहने व्यक्तिले नेपालवाचको इमेल [email protected] वा फेसबुक पेज facebook.com/nepalwatchonline
मा इच्छा जाहेर गरेर म्यासेज गर्न सक्ने उनले बताए । म्यासेज प्राप्त भइसकेपछि थप प्रक्रियासहितको आवश्यक निर्देशिका उपलब्ध गराइनेछ ।
को हुन सक्नेछन् नेपालवाच नागरिक पत्रकार ?
यो अभियानमा जुनसुकै क्षेत्रमा आबद्ध नेपाली नागरिक सहभागी हुन सक्नेछन् । सहभागी छनोट गर्दा विद्यार्थी, किसान, मजदूर, राजनीतिक दलका कार्यकर्ता, कलाकार, सुरक्षा निकायमा काम गर्ने अधिकारीहरू, उद्योगी, व्यवसायी, राष्ट्रसेवक कर्मचारी, नीजि क्षेत्रमा काम गर्ने कर्मचारी, हवाइ क्षेत्रका कर्मचारीलगायतलाई प्राथमिकता दिइनेछ ।
छनोटका क्रममा महिला, जनजाति, दलित, मधेसी, अल्पसंख्यकका साथै सिमान्तकृत समुदायको सहभागितालाई जोड दिइनेछ। सुरक्षा वा अन्य कारणले आफ्नो पहिचान गोप्य राखेर नागरिक पत्रकारिता गर्न चाहनेलाई नेपालवाचले गोपनियताको पूर्ण प्रत्याभूति दिनेछ ।
नेपालवाचले छनोट गरेका नागरिक पत्रकारहरूलाई संस्थासँग आबद्धता रहेको परिचयपत्र उपलब्ध गराउनेछ । त्यसैगरी सहभागीमध्ये सबैभन्दा प्रभावकारी समाचार उपलब्ध गराउने पत्रकारलाई पुरष्कृत पनि गरिनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८, २०:००:००
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया