घुस खाने अडिटरले महालेखालाई नै सोधे, हामीले घुस खाएको प्रमाण छ ?
काठमाडौँ । घुस लेनदेनका आधारमा लेखापरीक्षण गर्ने कर्मचारीहरुले महालेखालाई नै प्रश्न गर्दै घुस खाएर लेखापरीक्षण गरेको प्रमाण के हो भनेर प्रश्न गरेका छन् ।
उनीहरुले घुस खाएर लेखापरीक्षण गर्दा हिसाब मिलान गरेको प्रमाण दिन चुनौती दिएका हुन् । यस्तै उनीहरुले बुझाएको स्पष्टिकरण पत्रमा कुनै आर्थिक लेनदेन नभएको दावी गरेका छन् ।
तर अनियमिततमा संलग्नहरुले कुन कार्यालयबाट कति रकम घुस वापत लिएको भन्ने विस्तृत समाचार नेपालवाचले सार्वजनिक गर्दै आएको थियो ।
यस सम्वन्धी लगातार समाचार आएपछि महालेखाले त्यसमा संलग्न कर्मचारीहरुलाई स्पष्टिकरण सोधेको हो । महालेखाले स्पष्टिकरण पत्र लेख्नुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमिततामा संलग्न लेखापरीक्षण अधिकारीलाई कारबाही सिफारिस गर्न पत्र लेखेको थियो ।
महालेखाले घुसका आधारमा लेखा परीक्षणमा संलग्नहरुलाई स्पष्टिकरण सोधेको छ ।
आफुहरुले घुस खाएको प्रमाण महालेखाले दिन नसक्ने दावी सहित आरोपीहरुले त्यस्तो पत्र बुझाएका हुन् । महालेखाले भने प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाउने तयारी गरेको महालेखा स्रोतको दावी छ ।
सम्पत्ति विवरण हेर्ने देखि लेखापरीक्षण भएको कार्यालयको छानविन हुनसक्छ : अख्तियार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लेनदेनका आधारमा लेखापरीक्षण भएको समाचारलाई गम्भिर रुपमा लिएको जनाएको छ ।
घुस लिने व्यक्ति, लेनदेन भएको घुस अंक र कार्यालयको नाम समेत किटान भएको भन्दै अख्तियारले यो घटना गम्भिर छानबिनको विषय भन्ने जनाएको छ ।
नेपालवाचसँग कुरा गर्दै अख्तियार स्रोतले भन्यो, संलग्नको सम्पत्ति विवरणदेखि लेखापरीक्षण भएको कार्यालयमाथि समेत अनुसन्धान गरेर छानविन अघि बढाउन सकिन्छ ।’
महालेखाले पत्र पठाउने वित्तिकै कसुरअनुसार निलम्बन गरेर संलग्न कर्मचारीमाथि छानविन हुने अख्तियारले जनाएको हो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया