नेप्से ६९ अंकले बढ्यो, ९ अर्ब ६७ करोडको कारोबार
काठमाडौं । माघ महिनाको पहिलो दिन आज आइतबार नेप्से उच्च अंकले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले बढेर २९२६.७४ विन्दुमा पुगेको छ । नेप्से भने २.४१ प्रतिशतले बढेको छ । सेन्सेटिभ परिसूचक पनि ११.८१ अंकले बढेर ५४२.६३ विन्दुमा पुगेको छ ।
आज एक करोड ८२ लाख ५४ हजार ४ सय २५ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार आइतबार अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३२ करोड ४६ लाख ५९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बैंकको सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ५० रूपैयाँ पुगेको छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया