NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

लाहुरेको कोशेली खुकुरी रम अर्थात् हट रमपन्च

६२ वर्ष औद्योगिक यात्रा तय गरिसकेको नेपाली मौलिक प्रडक्ट खुकुरी रमको व्यावसायिक यात्रा कथा :

तीन दशक पहिलेतिर गाउँ फर्केका लाहुरेले ल्याउने मुख्य कोशेली हुन्थ्यो खुकुरी रम । लाहुरेको गाउँ फिर्तिले बुढापाकाहरू एक ट्वाक भए पनि खुकुरी रम चाख्न पाइने लोभमा अनुहार उज्यालिन्थ्यो । खुकुरी रमको रङ चढ्दै गएपछि उनीहरू भन्थे, ‘खुकुरी रम भन्नु लाहुरे रम पो रहेछ ।’ अर्काले थप्थे, ‘हाम्रो कोदोको तीनपानेभन्दा अर्कै स्वादको गज्जब हुन्छ यो लाहुरे रम । रङ पनि कडा । झन खोकी लागेको भए त ओखती नै हुन्छ ।’ गफकै सुरमा लाहुरे रम उनीहरू पानी नथपी ‘निट’ नै स्वाट्ट पारिदिन्थे ।

रम ल्याउने लाहुरे केही हप्ताको विदा सकेर पल्टन फर्किसक्थे, तर खुकुरी रमको किस्सा गाउँमा चलिरहन्थ्यो । फेरि अर्को लाहुरे कहिले आउला र रम चाख्न पाइएला, सोधीखोजी चलिरहन्थ्यो । लाहुरेले ल्याएको खुकुरी रमको बोटल पनि गाउँलेहरू सुरक्षित राख्थे । खुकुरी रमको स्वाद चाख्न पाएका गाउँले ठिटोहरू गीत बनाउँथे– ‘लाहुरे आयो बिडी र खुकुरी रम लिएर…।’

अचेल गाउँमा विकास पसिसक्यो, गाडी चढेर विभिन्न स्वादका रक्सी गाउँ पुगिसक्यो । लाहुर जाने प्रकृति पनि फेरिँदै गयो । तर, यसरी लाहुरेको शान बनेर गाउँ पस्ने खुकुरी रमको स्वाद र माग अहिले पनि उस्तै छ । वैदेशिक रोजगारीबाट फर्किने नौजवानको सुटकेशभित्र कोशेलीस्वरुप खुसुक्क पसेर खुकुरी रम अचेल पनि गाउँ पुग्ने गरेको छ ।

कोरोनेसन रम स्वर्गीय राजा वीरेन्द्र शाहको राज्याभिषेकको अवसरमा निकालिएको प्रडक्ट हो । महाप्रबन्धक सुभाष लामिछाने भन्छन्, ‘गोर्खालीको साहसको प्रतीकको रूपमा विशेष अवसरमा खुकुरी सेपमा यो प्रडक्ट निकालिएको थियो । अहिले स्वदेश तथा विदेशमा पनि उपहार दिन यो रम बढी नै प्रचलनमा छ ।

यसरी गाउँमा ‘लाहुरे रम’ बनेको ‘खुकुरी रम’ सहरमा पनि मदिरा पाखरीहरूको मुख्य रोजाइमा परेको छ । जाडोयाम सुरु भएपछि शहरमा खुकुरी रमको ‘हट रमपञ्च’ पिउने प्रचलन बढ्दो छ । विभिन्न बार, रेष्टुराँ, होटलहरूमा होस् या घरमा आफैं बनाएर हट रमपञ्च पिउनुमा आनन्द मान्नेहरू प्रशस्तै छन् ।

No description available.

खुकुरी रम स्वदेशी उत्पादन हो । यसका उत्पादकले गोर्खालीको शानका रुपमा लिइने खुकुरीलाई ‘ब्राण्ड नेम’ दिए । क्रस खुकुरी, हिमाल र उदाइरहेको सूर्य यसको ब्राण्ड लोगो हो । लाहुरेहरूले धेरै रुचाउनुमा पनि यही नाम र ब्राण्डले काम गरेको हुनुपर्छ । ७५ वर्षे एक उद्यमी ‘ब्राण्ड नेम’कै कारण खुकुरी रमसँग अपनत्व वोध हुने बताउँछन् । हिउँदभरी साथीहरूसँग जमेर हट रमपन्च पिउन रुचाउने उनको प्रिय मदिरामा पर्छ खुकुरी रम ।

यो रम सबै उमेर समूहका मदिराप्रेमीको रोजाइमा पर्ने कौशलटारको एउटा लिकर सपका सञ्चालक मिलन भट्टराई बताउँछन् । उनको पसलमा राति ९ बजेपछि रम किन्न आउनेको ताँती नै हुन्छ । भन्छन्, ‘यो जाडोमा खुकुरी रम नै धेरै बिक्छ । पालो पर्खिएरै किन्ने हुन्छन् । खासमा यसको प्रतिस्पर्धी ब्राण्ड नै छैनभन्दा हुन्छ बजारमा ।’

गाउँका बुढापाका भन्छन्, ‘खुकुरी रमको रङ चढ्दै गएपछि उनीहरू भन्थे, ‘खुकुरी रम भन्नु लाहुरे रम पो रहेछ ।’

खुकुरी रमले अहिलेसम्म ९५ प्रतिशत बजार ओगटेकोे कम्पनीका महाप्रबन्धक सुभाष लामिछाने बताउँछन् । ‘उत्पादनको झण्डै ६ दशक लामो विरासत बोकेको खुकुरी रमले नेपाली मदिराको पहिचानलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याएको छ । नेपाली औद्योगिक क्षेत्रकै मौलिक पहिचान बोकेको खुकुरी रम हाम्रो गौरव हो,’ उनले बने । खुकुरी रमको उत्पादन ६२ वर्षअघि ‘दि नेपाल डिष्ट्रिलरीज प्रालि’ले थालेको हो ।

हातले बन्छ रम

यसरी खुकुरी रम विदेशमा रहेका नेपाली र विदेशीहरूको पनि रोजाइमा परेको मदिरा हो । खुकुरी रम हाल बेलायत, अमेरिकालगायत १३ देशमा निर्यात भइरहेको छ । अन्य धेरै देशबाट माग आएको छ । व्यापारिक नीतिका हिसाबले भन्ने हो भने माग बढेपछि उत्पादनमा वृद्धि गरिहाल्नु पर्ने हो । तर कम्पनीलाई मदिरा बजारसँग न त चर्को होडबाजी नै गर्नु परेको छ न त हौसिएर उत्पादन बढाइहाल्नुपर्ने हतारो । रम निर्माण गर्ने यसका आफ्नै मौलिक र परम्परागत प्रविधि छन् ।

No description available.

यो रममा प्रयोग हुने आधारभूत इन्ग्रेडियन्ट क्यारामेललगायत हातले नै बनाइन्छ । ती सामग्री तयार पार्न लामो समय लाग्छ । यी काममा तीन पुस्तादेखि केही कर्मचारीले खट्ने गरेका छन् । प्रविधिको प्रयोगबिना अनुभवका आधारमा परीक्षण गर्दै तयार गरिने हुँदा रातारात त्यसको उत्पादन बढाउन सम्भव छैन । त्यो अनुभव र सिप अर्को पुस्तालाई हस्तान्तरण गर्न पनि लामो समयको संगत सिकाइ आवश्यक छ ।

चलचित्र निर्देशक नारायण पुरी गर्मीमा याममा पनि कोला मिलाएर खुकुरी रम पिउन पनि उत्तिकै मज्जा मान्छन् । ‘यसको मौलिक स्वाद छ, कोला मिसाउँदा झनै मिठो हुने । अमेरिका बसाइमा मैले खुकुरी रम मिस गरको छु ।

कम्पनीले प्रविधिको प्रयोग चाहिँ बोटलिङ, प्याकेजिङमा मात्रै गर्छ । त्यस्तै, स्वचालित प्रक्रियाबाट रम बोटलमा भर्ने, क्यापिङ हुने तथा केस (कार्टुन) प्याकिङ गर्ने तथा स्टिकर लगाउने काम मेसिनले गर्छ ।

खुकुरी रमका आफ्नै विशेषता छन् । अहिलेको अत्याधुनिक औद्योगिक युगमा पनि यो रमले आफ्नो परम्परागत स्वाद जोगाएर ल्याएको छ । खुकुरी रमको स्वाद तीन पुस्ताले लिइसकेका छन् । खुकुरी रम निर्माणको उक्त मौलिक सिप पनि तेस्रो पुस्तासम्म हस्तान्तरण भइसकेको छ । तीन वर्षअघि भारतीय लगानीकर्ता कलकत्ताको औद्योगिक घराना कनोई ग्रुपको स्वामित्व नेपाली उद्यमीले लिएका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा खुकुरी रम

बेलायतमा गोर्खा सैनिकको जतिकै इज्जत छ खुकुरी रमको । धेरै उपलब्ध नभए पनि किन्न पाएको बेला खुकुरी रम पिउन आनन्द आउने बेलायतवासी एक पूर्वगोर्खा सैनिक बताउँछन् । उनले आफ्ना ब्रिटिस साथीहरूलाई पनि रमको स्वाद चखाएका छन् । उनी भन्छन्, ‘गर्मीमा बियर पिउनु र जाडोमा खुकुरी रमले दिने रमरम अनुभूतिमा आफ्नै पाराको मज्जा छ । जे होस् परदेशमा पनि हाम्रो गोर्खालीको शान जोडिएको यो रम पिउन पाउँदा गर्व लाग्छ ।’

No description available.

कोरोना भाइरस छल्दै युरोपबाट डेढ महिनाअघि नेपाल आएका सुमन श्रेष्ठले आफ्नो साथीको जन्मदिनमा कोरोनेसन रम (खुकुरी आकारको बोटल) उपहारमा दिए । जमघटमा रम पिउनुको मज्जा त छदै थियो, उपहारमा पाएको खुकुरी आकारको बोटल भने साथीले सुरक्षित राख्छु भन्दा सुमन झनै मख्ख परेको सुनाउँछन् ।

चर्चित पप गायक योगेश्वर अमात्यले विभिन्न देश घुमफिरका क्रममा बारहरूमा खुकुरी रम (कोरोनेसन रम) सजाएको देखेका छन् । भन्छन्, ‘बेलायतका विभिन्न सहर, अमेरिकाको न्युयोर्क, फ्रान्सको पेरिस र जर्मनीको बर्लिन तथा ह्यामबर्गतिर पुग्दा त्यहाँका बारमा विभिन्न ब्राण्डका मदिराको बीचमा खुकुरी आकारको खुकुरी रम सजाएको देखें । ओहो ! नेपाली ब्राण्ड ! त्यसरी हाइलाइट गरेर आफ्नो देशको प्रडक्ट राखेको देख्दा गर्वले ढक्क छाती भएको थियो । वास्तवमा यो विश्वव्यापी पहिचान बनाउन सक्ने ब्राण्ड हो ।’

प्रविधिको प्रयोगबिना अनुभवका आधारमा परीक्षण गर्दै तयार गरिने हुँदा रातारात त्यसको उत्पादन बढाउन सम्भव छैन । त्यो अनुभव र सिप अर्को पुस्तालाई हस्तान्तरण गर्न पनि लामो समयको संगत सिकाइ आवश्यक छ ।

कोरोनेसन रम स्वर्गीय राजा वीरेन्द्र शाहको राज्याभिषेकको अवसरमा निकालिएको प्रडक्ट हो । महाप्रबन्धक लामिछाने भन्छन्, ‘गोर्खालीको साहसको प्रतीकको रुपमा विशेष अवसरमा खुकुरी शेपमा यो प्रडक्ट निकालिएको थियो । अहिले स्वदेश तथा विदेशमा पनि उपहार दिन यो रम बढी नै प्रचलनमा छ ।

यसरी देशदेखि विदेशसम्म नेपाली उत्पादनका रूपमा इज्जत पाएको खुकुरी रम अन्तर्राष्ट्रिय बजारमा हिमालयन रमको रुपमा पहिचान बनाएको छ ।

No description available.

खुकुरी रम केही महिनाअघि नयाँ प्याकेजिङमा आएको छ । मौलिक स्वाद र गुणस्तरमा कुनै फरक नपर्ने गरी यसको प्याकेजिङमा परिवर्तन गरिएको महाप्रबन्धक लामिछाने बताउँछन् । स्वदेशी तथा विदेशी ग्राहकसँग गरिएको अनुसन्धानका आधारमा कम्पनीले दुई दशकदेखिको बजारमा ल्याइएको रमको बोटलिङ र लेबलिङमा नयाँ लुक्स दिएको छ । नयाँ लुक्सलाई ग्राहकले थप रुचाएको पनि उनको भनाइ छ ।

पपगायक योगेश्वर अमात्यले विभिन्न देश घुमफिरका क्रममा बारहरूमा खुकुरी रम (कोरोनेसन रम) सजाएको देखेका छन् । नेपाली ब्राण्ड त्यसरी हाइलाइट गरेर आफ्नो देशको प्रडक्ट राखेको देख्दा गर्वले ढक्क छाती भएको थियो ।

प्रिय पेय हट रमपन्च

चलचित्र निर्माता तथा निर्देशक नारायण पुरी जाडोमा चिसो भगाउने औषधिकै रुपमा खुकुरी रमको ‘रमपन्च’ पिउन मन पराउँछन् । ‘मदिरा सेवनबाट आउने रमाइलो त छँदै छ, यो त चिसोको औषधि नै हो । हामी चिसो ठाउँमा सुटिङका बेला प्रायः रमपन्च बनाएर पिउँथ्यौं । त्यसले छातीमा चिसो गाडिन दिँदैन र खोकी लाग्दैन ।’

बुटवलका उद्यमी विष्णु भुसाल यो सिजनमा मदिरा पेयको रुपमा रमपन्च नै रुचाउँछन् । उनी भन्छन्, ‘साथीहरूसँग बसेर जाडोमा रमपन्च पिउँदै पुराना दिन सम्झनु वा व्यवसायको नयाँ योजना बुन्न निकै रमाइलो मान्छन् । यो त चिसोको औषधी पनि हो । विभिन्न जडिबुटी राखेको रमपन्च पिउन साथीहरुसँग हामी होटल टुलिप पुग्छौं ।’

No description available.

प्रख्यात कवि विप्लव प्रतीक एक पेग खुकुरी रममा एउटा सिंगै दाना कागतीको रस मिसाएर पिउन मन पराउँछन् । उनी जाडो याममा नेपाली ब्राण्डको यो रम नै पिउन मन पराउँछन् । भन्छन्, ‘म प्रायः विदेशी ह्विस्की पिउँछु । तर जाडोका बेला भने यो हातैले बनाइने, प्राकृतिक फ्लेभर आउने हुँदा पनि खुकुरी रम पिउँछु । जमघटमा पिउँदै साथीहरूसँग पुराना प्रेम कथा हाल्नु त झनै मिठो हुने ।’

बुटवलका उद्यमी विष्णु भुसाल भन्छन्, ‘जाडोमा रमपन्च पिउँदै साथीहरूसँग पुराना दिन सम्झनु वा व्यवसायको नयाँ योजना बुन्न निकै रमाइलो लाग्छ । यो त चिसोको औषधि पनि हो । विभिन्न जडिबुटी राखेको रमपन्च पिउन साथीहरूसँग हामी होटल टुलिप पुग्छौं ।’

पाँच तारे होटल याक एण्ड यतिको लाउन्ज सेभेन्टी सेभेनको ककटेल मेनुमै हट रमपन्च राखिएको छ । हालै सम्पन्न अंग्रेजी नयाँ वर्षको पार्टीमा ककटेलको मेन कोर्समा हट रमपन्च नै थियो । बार म्यानेजर रवीन चिमोरियाका अनुसार होटलमा आउने, बस्न आउने वा बारमा जमघट हुने स्वदेशी र विदेशी ग्राहकले समेत रमपन्च अर्डर गर्छन् ।

बुटवलको होटल टुलिपको रेष्टुराँमा सन्ध्याकालीन जमघट हुने ग्राहकको रोजाइमा पनि खुकुरी रम नै पर्ने गरेको व्यवस्थापक विपुल पोख्रेल बताउँछन् । उनका अनुसार होटलमा आतिथ्यका लागि आउने हुन् वा रेष्टुराँमा खानपानको जमघट धेरैले खुकुरीको रमपन्चको माग गर्छन् । एक साँझमा ३० जना सम्मलाई रमपन्च सर्भ गरेको अनुभव उनको अनुभव छ । विपुल भन्छन्, ‘रमपन्चमा पनि हामी फरक स्वाद पस्किन कोसिस गर्छौं । दालचिनी, अदुवा, सुकुमेलर केही जडिबुटीलाई महसँग एकैछिन पकाएर कागती र तातोपानी राखी सर्भ गर्छौं । यो फरकपन ग्राहकले निकै इन्जोय गर्नुहुन्छ । म आफैंलाई पनि यो मन पर्छ ।’ यसरी मदिरा पाखरीको ‘विन्टर च्वइस’ बनेको छ खुकुरी रम ।

गर्मीमा रम–कोला

खुकुरी रम के जाडोमा मात्रै पिउन मिल्छ ? धेरैलाई यो जिज्ञासा छ । हो, कतिपय मदिरा मौसमअनुसार मात्रै पिउन मिल्ने पनि हुन्छ । तर, खुकुरी रम भने पछिल्लो समय गर्मीयाममा पनि मदिराप्रेमीको प्रिय पेय बनेको छ । गर्मीयाममा चाहिँ खुकुरी रममा कोला मिसाएर पिउने प्रचलन छ । चलचित्र निर्देशक पुरी गर्मीमा याममा पनि कोला मिलाएर खुकुरी रम पिउन पनि उत्तिकै मज्जा मान्छन् । ‘यसको मौलिक स्वाद छ, कोला मिसाउँदा झनै मिठो हुने । अमेरिका बसाईमा मैले खुकुरी रम मिस गरको छु । तर चाँडै नेपाल आउँदै छु,’ उनी भन्छन् ।

कवि विप्लव प्रतीकको ‘विन्टर पेय’ खुकुरी रम हो । उनी भन्छन्, ‘म विदेशी ह्विस्की पिउँछु । तर हिउँदे जमघटमा भने आफ्नै मौलिक पाराले बनाएर रमपन्च पिउँछु । यस्ता बसाइमा साथीहरूसँग पुराना प्रेम कथा हाल्नु निकै मिठो हुन्छ ।’

बौद्ध निवासी निमा शेर्पा पनि डाँडातिर घुम्न गएको बेला ‘कोला मिक्स’ खुकुरी रमले निकै आनन्द दिने बताउँछन् । यसरी जुनसुकै मौसम पिउन सकिने खुकुरी रम उत्पादनकै क्रममा अर्गानिक प्रविधि र स्वादलाई ध्यानमा राखिएको कम्पनीका महाप्रबन्धक सुभाष लामिछाने बताउँछन् ।

No description available.

मदिराप्रेमीको मन जित्ने नेपाली उत्पादन खुकुरी रम अब ट्रिपल एक्स, स्पाइस्ड रम र कोरोनेसन रम (खुकुरी आकारमा पाइने) गरी तीन प्रकारको प्रडक्ट उपलब्ध छ । यसै वर्षदेखि नेपाली बजारमा ल्याइएको स्पाइस्ड रम विगत तीन÷चार वर्षदेखि नै हङकङ, जापान, दक्षिण कोरीयालगायत देशमा निर्यात भई अत्यधिक रुचाइएको प्रडक्टमा पर्छ ।

खुकुरीलाई अन्तर्राष्ट्रिय स्वर्ण पदक

सन् २०२० जुलाई ६ तारिखमा लण्डनमा आयोजित लण्डन स्पिरिट्स प्रतियोगितामा खुकुरी रम ‘ट्रिपल एक्स रम’ प्रडक्टका लागि स्वर्ण पदक प्राप्त गरेको थियो । प्रतियोगिता अन्तर्गतका तीन विधाहरू गुणस्तर, गुणवत्ता र प्याकेजिङ्गका दृष्टिकोणमा अन्य देशका उच्चकोटीका प्रतिस्पर्धी रमहरूको दाँजोमा सर्वोत्कृष्ट ठहर गरिएको थियो । लामिछाने भन्छन्, ‘स्वर्ण पदकले खुकुरी रमलाई विश्वव्यापी रुपमा मान्यता प्राप्त रमको रुपमा पहिचान निर्माण सहयोग ग¥यो । हाम्रो यो हाम्रो कम्पनीको मात्र नभइ नेपाली प्रडक्टकै गौरवको विषय हो ।’

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १८:५८:००

ताजा अपडेट

नेपालवाच विशेष