गृहको विज्ञप्तिप्रति पत्रकार महासंघको आपत्ति
काठमाडौं । नेपाल पत्रकार महासंघले गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ । महासंघका महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयको विज्ञप्तिमा प्रयोग गरिएको भाष्य आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल प्रयोग हुन सक्नेतर्फ महासंघको ध्यानाकर्षण भएको हो ।’
व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्नसक्ने भन्ने जीता वाक्यांश प्रेश स्वतन्त्रता विरुद्ध प्रयोग हुनसक्ने भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
अघि भनिएको छ, ‘विज्ञप्तिमा उल्लेख (व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने) भन्ने जस्ता वाक्याङ्श प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुन सक्नेतर्फ महासंघ सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।’
सम्बन्धित समाचार
अनुमतिबिना कसैको तस्बिर र भिडियो सार्वजनिक नगर्नुहोस् ? कारबाहीमा परिएला

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १७:१९:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया