NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

कार्यसम्पादन समितिमा शाही र ढुंगाना भाग्यमानी, चौधरी र बडु अभागी

काठमाडौं । अघिल्ला दुई महाधिवेशनपछि गठन हुनै नसकेको कांग्रेसको कार्यसम्पादन समिति १४ औं महाधिवेशनलगत्तै गठन भएको छ ।

शुक्रबार केन्द्रीय समितिको भर्चुअल बैठकबाट सभापति शेरबहादुर देउवाले ३७ सदस्यीय समिति गठन गरेका हुन् ।

जहाँ वर्तमान पदाधिकारी, पूर्व पदाधिकारी र केन्द्रीय सदस्य अटाएका छन् । केन्द्रीय समिति सदस्यको वरियतामा रहेकामध्ये ३४ जनासम्म नियमित परेका छन् ।

तर ३५ औं नम्बरमा रहेका पद्यनारायण चौधरी र ३६ औं नम्बरमा रहेका दिलेन्द्रप्रसाद बडु भने अभागी भए । केन्द्रीय सदस्यमा अगाडि रहेका यी दुई सदस्य कार्यसम्पादन समितिमा नपर्दा ३८ औं नम्बरमा रहेका जीवबहादुर शाही र ३९ औं नम्बरमा रहेका आनन्दप्रसाद ढुंगाना भने भाग्यमानी देखिए ।

सभापति देउवाले आफ्नो पक्षका चौधरी र डा. शेखर कोइराला पक्षका बडुलाई छोड्दा शाही र ढुंगाना दुवैलाई आफ्नै समूहबाट कार्यसम्पादन समितिमा समेटिका हुन् ।

४५ सदस्यमध्ये अझै ८ सदस्य छनोट गर्न बाँकी छ । संसदीय दलको नेता र पार्टी प्रवक्ता यो समितिमा पदेन सदस्य हुन्छन् ।

कांग्रेसमा केन्द्रीय समितिको बैठक नियमित बस्न नसकेका बेला छरितो कार्यसम्पादन समिति बैठक बसेर महत्वपूर्ण विषयमा छलफल गर्ने गर्छ । पार्टी विधानले नचिनेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्ने प्रणालीलाई यो समितिले निरुत्साहित गर्न सक्ने बताइन्छ ।

केन्द्रीय समिति १६७ सदस्यीय जम्बो भएपछि देउवाले बैठकको सहजताको लागि पनि कार्यसम्पादन समिति गठन गरेका हुन् ।

कार्यसम्पादन समिति गठन भएपछि अब नियमित केन्द्रीय सदस्य बैठक बस्ने सम्भावना भने कम हुन सक्ने देखिएको छ । यस्तोमा केन्द्रीय सदस्य भूमिकाविहीन हुन सक्ने जोखिम पनि उत्तिकै देखिन्छ ।

यी हुन् केन्द्रीय सदस्यमध्येबाट कार्यसम्पादन समिति सदस्य बन्नेहरु

डा.शेखर कोइराला

बलबहादुर केसी

बालकृष्ण खाण

ज्ञानेन्द्रबहादुर कार्की

उमा रेग्मी

रमेश रिजाल

डा.नारायण खड्का

जीपछिरिङ लामा

सुजाता कोइराला

एनपी साउद

जीवनबहादुर शाही

आनन्द प्रसाद ढुंगाना

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १७:२८:००