भुक्तानी सेवा प्रदायकमा थपियो माइपे, २५ प्रतिशतसम्म क्यासब्याक योजना

काठमाडौं । भुक्तानी सेवाप्रदायकमध्ये माइपे वालेट थपिएको छ । पहिलो कारोबारमा नै २५ प्रतिशत क्यासब्याकको योजनासहित यो वालेट सार्वजनिक भएको छ ।
कोरोनाका कारण डिजिटल माध्यमप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै स्मार्ट कार्ड नेपालले माइपे वालेट सार्वजनिक गरेको बताएको छ ।
हाल यस वालेटमार्फत मोबाइल टपअप बिजुलीको बिल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी गर्ने सुविधाहरू समावेश छन् । त्यसबाहेक वालेटबाट टिभीको बिल पनि भुक्तानी गर्न सकिन्छ ।
माइपे वालेटमा सजिलै कुनै पनि बैंकबाट फन्ड लोड गरी कारोबार गर्न सकिन्छ र सर्वसाधारणले कुनै पनि कारोबार गर्दा पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक वा अधिकतम एकसय सम्मको क्यासब्याक पाउने सुविधा राखिएको छ ।
माइपेका सिइओ मनोज कुमार मेहताले भने, ‘बजारमा भइरहेका वालेटहरूले जस्तै काम गर्ने भए नयाँ वालेट किन चाहिन्थ्यो र ? हामीले सर्वसाधारणलाई अत्यावश्यक सेवाहरू डिजिटल माध्यमबाटै गर्न सकिने गरी फरक र नयाँ सेवा दिने जमर्काेमा रहेका छौं ।’
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८, १८:४८:००
ताजा अपडेट
-
रास्वपाको घोषणा- भिजिट भिसा प्रकरणसम्बन्धी मागहरू पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने
-
प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित
-
खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार
-
‘रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु’-‘प्रचण्ड’
-
आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइनेछः सञ्चारमन्त्री गुरुङ
प्रतिक्रिया