क्रिस्मस र अंग्रेजी नयाँ वर्षको अवसरमा आजबाट निसानको ‘निसान विक’, यस्ता छन् अफर
काठमाडौं । क्रिसमस र अंग्रेजी नयाँ वर्ष २०२२ को उपलक्षमा निसानको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले ‘निसान विक’ आयोजना गरेको छ ।
आज २६ डिसेम्बरदेखि जनावरी २ सम्म हुने निसान विकमा आकर्षक अफर पाइने कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत निसान किक्स खरिद गर्दा २ लाख ५० हजार रूपैयाँसम्म छुट पाइने व्यवस्था छ । यसका साथै निसानले स्पट एक्सचेन्ज भ्यालुएसनको सुविधा पनि उपलब्ध गराएको छ ।
ग्राहकहरूले यो अवधिभर देशभर रहेकोे निसान सोरुमबाट टेस्ट राइड गरेमा एक लक्की ग्राहकले रेडमी १० प्राइम जित्ने अवसर पाउनेछन् ।
त्यस्तै, हरेक ग्राहकले एक वर्षको निःशुल्क बीमा, १ वर्षको निःशुल्क सडक कर, ३ वर्षको निशुल्क सर्भिसिङ, तीन वर्षको वारेन्टी, लो एलडी बोनस र अन्य अफरको पनि लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
यो अफर देशभर रहेका निसान शोरूममा लागू हुने जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८, १४:३४:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया